मोफसलमा ‘पोई पर्‍यो काले’

फिल्म । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्म‘पोई पर्‍यो काले’ युनिट मोफसल टुरमा निस्किएको छ । मोफसल टुर अन्तर्गत चितवनमा पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले जानकारी गराएको हो । निर्देशक शिशिर राणाले ‘पोई पर्‍यो काले’ कमेडी शैलीको सामाजिक कथाबस्तुमा आधारित भएको बताएका छन् । उनले कमेडी जनरामा भए पनि यसमा सामाजिक कथा प्रस्तुत गर्न खोजिएको बताए ।

प्रेस मिटमै सहभागी पूजा शर्माले अघिल्लो फिल्मको तुलनामा यसमा फरक क्यारेक्टर प्रस्तुत गरेको बताइन । ‘प्राय लभ स्टोरीमा देखिद आएकी छु तर यसमा भने सोसल ड्रामा छ’ पूजाले भनिन् । यसैगरी पहिलोपटक कमेडी जनरको फिल्ममा देखिदा आफुलाई चुनौती महसुस भएको आकाश श्रेष्ठले बताए । फिल्ममा पूजा र आकाशसँगै लिड रोलमा रहेका सौगात मल्ल र सृष्टी श्रेष्ठ भने प्रेस भेटघाटमा थिएनन् । फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।

शिव ढकालले फिल्म खिचेका हुन् भने कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् । उनले यसअघि फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ । फिल्मको यसअघि शिर्ष गीत सार्वजनिक भइसकेको छ ।

कमेन्ट गर्नुहोस्