‘बाला’ बने आयुष्मान (भिडियो)

फिल्म । बलिउडमा पछिल्लो समय सानो बजेटमा फिल्म बनाएर ठुलो पैसा कमाउने व्यानरमा पर्छ , म्याडडक फिल्म्स । यस व्यानरबाट निर्मित हिन्दी मिडियम , स्त्री , लुका छिपी लगायतले दर्शकको मन जित्दै आफुलाई बक्स अफिसमा बलियो सावित गरेका छन् । यहि टिमले ल्याएको नयाँ फिल्म हो ‘बाला’ । पछिल्लो वर्ष यसै समुहमा स्त्री जस्तो हिट फिल्म निर्देशन गरेका अमर कौसिकले कपाल झरेर तनाव हुने अवस्थालाई चित्रण गर्दै फिल्मको कथा तयार गरेका हुन् ।

फिल्ममा लिड रोलमा छन् आयुष्मान खुराना । पछिल्लो समय कथा बेस्ड फिल्ममा देखिदै आएका आयुष्मानले आफुलाई ‘बाला’ बनाउन कुनै कसर राखेका छैनन् । सार्वजनिक ट्रेलरले फिल्मको कथालाई प्रस्ट्याएको मात्र छैन , झनै रोचक समेत बनाएको छ । ‘मेड इन चाइना’ प्रदर्शनको तयारीमा रहेको म्याडडक फिल्मसले यसबाट पनि दर्शकको माया पाउने देखिएको छ । यसमा आयुष्मानसँगै भुमि पेड्नेकर र यमी गौतमको पनि अभिनय रहेको छ । फिल्मलाई निरेन भट्टले लेखेका हुन् भने यसको निर्माता दिनेश विजन हुन् ।

कमेन्ट गर्नुहोस्