संगीत । पप गायक अनिल सिंहले दसैँलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक ‘दसैँ आयो’ बोलको गीतमा यस चाडसंग जोडिएको खुसिलाई समेटिएको छ । गीतमा दसैँ र आउंदै गरेको तिहारको बारेमा समेत चर्चा गरिएको छ । गीतलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् ।
गीतमा संगीत पनि अनिलकै रहेको छ । अनिलले दसैँको महत्वलाई समेटेर गीत तयार गरिएको बताए । गीतलाई विशाल पौडेलले एरेन्ज गरेका हुन् । यो गीतको अडियो सार्वजनिक गरिएको छ भने भिडियोलाई पनि राम्रो बनाउने कोसिसमा टिम रहेको छ । तर आउंदै गरेको दसैँलाई लक्षित गर्दै टिमले युट्युबमा सामान्य फ्यानमेड भिडियो बनाएको छ ।
कमेन्ट गर्नुहोस्












