यस्तो छ रानीको ‘मर्दानी’ लुक्स

फिल्म । ‘मर्दानी’ को सफलतापछी यसकी लिड एक्ट्रेस रानी मुखर्जीले सिक्वेलमा दर्शक माँझ ल्याउने भएकी छिन् । निर्माण कम्पनि यशराज फिल्म्सले आउँदो डिसेम्बर १३ मा फिल्म रिलिज हुने घोषणा गरेको छ । यसको टिजर बुधवार रिलिज हुने फिल्म ‘वार’ सँग हलमा समेत हेर्न पाइनेछ । निर्माता आदित्य चोपडासँग विवाह बन्धनमा बाधिएपछी फिमेल लिड फिल्ममा मात्र काम गरिरहेकी रानीले सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग देखिदैछिन् ।

आहान यसैफिल्म मार्फत बलिउडमा आउंदैछन् । उनलाई सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको छ । मर्दानीकै लेखक गोपी पुथरणले यसलाई निर्देशन गर्ने चर्चा गरेका हुन् । फिल्ममा रानीलाई एक्सन अवतारमा दर्शकले देख्न पाउनेछन् जसको झल्क सार्वजनिक एक भिडियोले दिईसकेको छ । फिल्ममा रानीलाइ निडर पुलिस अफिसरको भूमिकामा देख्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्