फिल्म । नेपाली फिल्मनगरीमा भुल्नै नसकिने एउटा नाम हो ‘छड्के’ । फिल्मले बनाएको हाइप र त्यसले सुरुवाती दुइ दिनमा गरेको व्यापार सम्झना लायक छ । बेलाबखतमा इनिसियली रुपमा छड्केले जस्तो व्यापार गर्नु पर्छ भन्ने चर्चा पनि हुने गर्छ । तर , फिल्मको वर्ड अफ माउथ गतिलो नहुँदा फिल्म रिलिज भएको तेस्रो दिन नै हल खाली थियो । यहि फिल्मको अब सिक्वेल बन्ने भएको छ । निर्देशक निगम श्रेष्ठले ‘छड्के २’ प्रि-प्रोडक्सनमा रहेको एक तस्वीर सार्वजनिक गरेका छन् । अर्को वर्षको दशैँमा रिलिज हुने गरी यो फिल्म निर्माणको घोषणा गरिएको हो ।
६ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छड्के’ को सिक्वेललाई निगमले निर्देशन गर्नेछन् भने नेगेटिभ बुद्ध र रस ताण्डवको ब्यानरमा फिल्म निर्माण हुनेछ । फिल्मका निर्माता विक्रम सिंह थारुले यो फिल्म अर्को वर्षको दशैँमा रिलिज हुने भन्दै पोस्टर सार्वजनिक गरेका छन् । पहिलो भागमा सौगात मल्ल, रविन तामाङ, नम्रता श्रेष्ठ, विपिन कार्की लगायतका कलाकारको शीर्ष भूमिका थियो ।











