छ माया छपक्कैको ‘बीच बीचमा’ सार्वजनिक (भिडियो)

फिल्म । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म छ माया छपक्कैको प्रोमोशनल गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको हिट तीज गीत बीच बीचलाई छ माया छपक्कैको प्रचारमा प्रयोग गरिएको हो । यसको शब्दमा केहि हेरफेर गर्दै त्यहि शैलीमा फिल्मको प्रचारको लागि म्युजिक भिडियो तयार गरिएको हो । भिडियोमा गायक, संगीतकार तथा रचनाकार दुर्गेश थापा सहित छ माया छपक्कैका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । फिल्मकी सह निर्देशक दिपाश्री निरौला ड्रमरको भूमिकामा प्रस्तुत भएकी छिन् ।

नेपाली फिल्ममा कमेडी फिल्मको ट्रेन्ड सुरुवात गर्न महत्त्वपूर्ण भूमिका खेलेको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको यो फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्र लामा निर्देशित फिल्ममा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् ।

दीपक-दीपा समुहले पहिलो पटक बाहिरी ब्यानरमा सहकार्य गरेको यो फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्