‘ड्राइभ’ हलमा होइन , नेटफ्लिक्समा

फिल्म । बलिउडको प्रसिद्ध व्यानरमा पर्छ , धर्मा प्रोडक्सन । निर्माता तथा निर्देशक करण जोहरको यो व्यानरले धेरै कलाकारलाई बलिउडमा इन्ट्री र स्थापित गरिसकेको छ । तर , यहि व्यानरको एक फिल्म ‘ड्राइभ’ लाई भने रिलिज गर्न सकेको छैन । पछिल्लो समय कलंक र स्टुडेन्ट अफ द इयर २ को असफलतापछि करणले ‘ड्राइभ’ लाई नेटफ्लिक्समा मात्र रिलिज गर्ने भएका छन् । केहि दिन अगाडी मात्र नेटफ्लिक्ससँग सम्झौता गर्दै करणले फिल्म हलमा रिलिज नहुने घोषणा गरेका हुन् ।

फिल्मलाई अब नेटफ्लिक्समा मात्र हेर्न पाइनेछ । बारम्बार डेट सरेको फिल्म गत जुन २८ मै रिलिज हुने चर्चा थियो तर हुनसकेन । बलिउड अभिनेता सुशान्त सिंह राजपुत र ज्याक्लिन फर्नान्डिज अभिनित फिल्मलाई धर्मा प्रोडक्सले अपूर्व मेहतासंगको सहकार्यमा निर्माण गरेको हो । तरुण मनसुखानीको निर्देशन रहेको फिल्मलाई इण्डियाको पहिलो नेटफ्लिक्स ओर्जिनल फिल्म समेत भनिएको छ । फिल्म छिटैनै एपमा उपलब्ध हुनेछ ।

कमेन्ट गर्नुहोस्