संगीत । टिकटक गर्ल भनेर चिनिएकी रेश्मा घिमिरे पछिल्लो समय भिडियोमा पनि देखिने गरेकी छिन । उनले अभिनय गरेको पछिल्लो भिडियो हो ‘कल्लाइ थाछैन’ । गायिका स्मिता दाहाल र गायक हिमाल सागरको स्वर रहेको गीतको सार्वजनिक भिडियोमा रेश्मा र पुष्प खड्काक जोडी देख्न सकिन्छ । गृष्मा ब्रोडकास्टिङको प्रस्तुति रहेको भिडियो गृष्मा म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा यादब लम्सालको शब्द र अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् भने एरेन्ज पनि उनले नै गरेका हुन् । प्रवीण सिंहको कोरियोग्राफी रहेको भिडियोमा लुकी लुकी हेर्ने र माया लाउन खोजे मायालुको बयान गरिएको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । यसमा नवराज उप्रेतीको छायाँकन , विकाश ज्ञवालीको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्











