फिल्म । पछिल्लो समयको प्रतिक्षित फिल्म ‘वार’ को प्रतिक्षित गीत सार्वजनिक भएको छ । हिन्दी फिल्मका दर्शकको लागि ऋतिक रोशन र टाइगर श्राफको ‘जय जय शिव शंकर’ गीत प्रतिक्षित थियो । किनकी यो गीतमा ऋतिक र टाइगरले एकसाथ नृत्य गरेका छन् । एक अर्काको कपि मानिने ऋतिक र टाइगरको डान्स र एक्सन एक जस्तै मानिन्छ । साथै , यी दुइ फिट पनि उत्तिकै छन् । यसैले गर्दा पनि फिल्म प्रतिक्षित छ । यी दुइको गीत सार्वजनिक भएसँगै फ्यानले आफ्नो प्रतिक्रिया दिन थालिसकेका छन् ।
यी दुईलाई लिएर निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘वार’ लाई दर्शकले आउँदो अक्टुबर २ मा हेर्न पाउने छन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा लिड एक्ट्रेस वानी कपूर छिन् । सिद्धार्थले सन् २००५ मा सलाम नमस्ते मार्फत निर्देशकको रुपमा डेब्यु गरेका थिए । त्यसपछी उनले तारारमपम , बचना ए हसिनो , अन्जाना अन्जानी , ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ऋतिकसँग उनले पछिल्लो फिल्ममा काम गरेका थिए । ऋतिक र टाइगरलाई एक अर्काको कपि मानिन्छ , त्यसैले यी दुईलाई फ्यान एकसाथ हेर्न चाहन्छन । (एजेन्सी)












