‘स्क्रिप्टले सन्तुष्ट नै भए’ दीपेन्द्र

फिल्म । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ आउँदो असोज २४ बाट प्रदर्शनमा आउँदै छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । रङ्ग पत्रकारितामा लामो समय विताएका दीपेन्द्र कुशल समिक्षक पनि हुन् । उनले घामपानी र गोपी निर्देशन गरेपछि तेस्रो फिल्म ‘छ माया छपक्कै’ निर्देशन गरेका हुन् ।

फिल्ममा कथा र निर्देशन उनको छ तर पटकथा दीपकराज गिरीले लेखेका हुन् भने यसको संवादमा दीपकलाई केदार घिमिरे , जितु नेपाल , अभिमन्यु निरवीले साथ दिएका छन् । अर्थात् कपडा त दीपेन्द्रको हो तर त्यसलाई पहिरन योग्य बनाउने काम दीपकको समुहले गरेका हुन् । यसैगरी फिल्ममा निर्देशन सल्लाहकारको रुपमा छिन् दीपाश्री निरौला ।

बेलाबखतमा फिल्ममा दीपेन्द्रले के गरे त ? भन्ने प्रश्न उठ्ने गरेको छ । यस्तै जिज्ञाषालाई मेट्दै उनले टिमवर्कले काम अझै राम्रो हुने बताएका छन् । ‘मेरो कथालाई स्क्रिप्ट बनाउदा अझै राम्रो भयो त्यसैले फिल्म निर्देशन गर्न सहमत भएको हुँ’ दीपेन्द्रले भने । उनले आफ्नो कथालाई दीपकको समुहले बङग्याउने काम नगरेको समेत स्पष्ट पारे ।

‘दीपाश्री पत्रकारितामा आउँनु भयो भने सल्लाहकार म हुन्छु’ उनले दोस्रो प्रश्नको पनि उत्तर दिए । फिल्म मार्फत उनले द्वन्दको पृष्ठभूमिको प्रेमकथालाई पेश गरेका छन् । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्ममा दीपक , जितु र केदारसंगै केकी अधिकारी , सुपुष्पा भट्ट , शिशिर बाङ्ग्देल लगायतको अभिनय रहेको छ । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

कमेन्ट गर्नुहोस्