‘सम्हाली राख है’को फष्टलुक आउट

फिल्म । ‘सम्हाली राख है’ फिल्मको फष्टलुक सार्वजनिक भएको छ । फिल्मको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा आरएल मोक्तानको निर्देशन रहेको छ ।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोह िबस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको फिल्ममा दशै र तिहारको बिच पारेर रिलिज गर्ने योजनामा निर्माण युनिटको रहेको छ ।

निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । फिल्म सबै नेपालीले एकपटक हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए । युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ निर्माण भएको फिल्म कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नु पर्ने सन्देश समेत दिने निर्माता हरिकृष्ण महर्जनले बताए ।

कमेन्ट गर्नुहोस्