फिल्म । सफल पाश्र्व गायक मिका सिंहलाई ‘दि अल इन्डिया सिने वर्कश’ले प्रतिबन्ध लगाएको छ । भारतीय गायक मिकाले केही दिन अगाडि मात्र पाकिस्तानको कराँचीमा आयोजना भएको एक मुस्लिम परिवारको बिहेमा प्रस्तुति दिएका थिए । त्यसपछि उनलाई सामाजिक सञ्जाल मार्फत धेरैले देश छाड्न चेतावनी समेत दिएका छन् । यसपछि दि अल इन्डिया सिने वर्कश’ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाएको हो ।
भारत सरकारले धारा ३७० खारेज गरेसँगै पाकिस्तानमा भारतीय फिल्म रिलिजमा प्रतिबन्ध लगाएको थियो । विज्ञप्तिमा भारत सरकारलाई समेत यसमा ध्यानकर्षण गराउदै देशको गौरवमा ध्यान नदिएको उल्लेख गरिएको छ । ‘दि अल इन्डिया सिने वर्कश’ले मिका सिंहसँग काम नगर्न भारतका फिल्म निर्माता, कलाकार, निर्देशक लगायतलाई अपिल पनि गरेको छ ।
कमेन्ट गर्नुहोस्












