अमेरिकाको भिसा नपाएपछि सन्दीपले गरे ट्विट

देश । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाउँदा सामाजिक सञ्जाल मार्फत गुनासो गरेका छन् । उनले ट्विटर मार्फत हेलो सरकारमा गुनासो गरेका छन् । ‘क्यारेबियन प्रिमियर लिगमा जानका लागि अमेरिकन भिसा लिन दूतावास गएको थिएँ, राष्ट्रिय खेलाडी र २०१६ देखि अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटहरुमा सहभागी भइरहेको छु।

अहिले सिपिएलमा सहभागी हुन जानका लागि दूतावास जाँदा मेरो भिसा अस्वीकृत हुनाले अचम्ममा परेको छु,’ मंगलबार सन्दीपले ट्विटमार्फत भनेका छन् । क्यारेबियन प्रिमियर लिगको तयारीका लागि सबै प्रक्रिया पूरा गर्दा पनि भिसा नपाएको उनको गुनासो छ । ‘यो सबै देख्दा म हाँसिरहेको छु, के बोल्ने शब्द छैन, सबै आवश्यक कागजात भएर पनि यस्तो भयो, अनौठो लागेको छ, सिपिएलमा अभ्यास मेरा लागि महत्वपूर्ण छ’ उनले ट्विटमा अमेरिकन दूतावास, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री र हेलो सरकालाई मेन्सन गर्दै थप लेखेका हुन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नयाँ सिजनका लागि सन्दीपलाई बारबाडोस ट्रीडेन्टसले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

कमेन्ट गर्नुहोस्