फिल्म । पछिल्लो समयको प्रतिक्षित फिल्म ‘सहो’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो अगस्ट ३० मा रिलिज हुने फिल्मको ट्रेलरमा प्रभासलाइ कुल र एक्सन अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको भव्यतालाई प्रस्ट्याएको छ । फिल्मको एक्सन र मेकिङले जो कसैलाई आकर्षित गर्न सक्छ । ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभाससँगै श्रद्धा कपूर पनि डेरिंग देखिएकी छिन ।
प्रतिक्षित फिल्मको कथासार समेत ट्रेलरमा देखाइएको छ । इण्डियन करप्सनसँग सम्बन्धित कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । यसमा प्रभास अन्डर कभर अफिसरको भूमिकामा छन् । उनको एक्सनसँगै आवाज पनि भारतीय फ्यानको लागि गिफ्ट रहेको छ । उनले आफैले फिल्मको स्वरांकन गरेका छन् ।
विदेशी भूमिमा पनि एक्सनको लागि गरिएको मेहनतले फिल्मको हाइप बढाउने निश्चित छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ ।










