फिल्म । व्यावसायिक र समीक्षात्मक रुपमा सफल फिल्म हो ‘जात्रा’ । त्यसपछि निर्मित सिक्वेलले पनि दर्शक र समिक्षकलाई निराश बनाएन । फिल्मले राम्रो व्यापार त गर्यो नै दर्शकले पनि राम्रो भने । जात्र र सिक्वेल जात्रै जात्राले नेपालका विभिन्न हलमा ५१ औ दिन मनाए । दुवै फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् ।
‘जात्रै जात्रा’ सँगै उनले हिट फिल्ममा ह्याट्रिक गरेका छन् । उनी निर्देशित फिल्म ‘शत्रु गते’ ले पनि बक्सअफिसमा हिटको व्यापार गरेको थियो । साथै, उनी निर्देशित तीन फिल्मले हलमा प्रदर्शनको ५१ दिन पनि मनायो । यतिबेला निर्देशक भट्टराईले नयाँ फिल्मको तयारी थालिसकेका छन् । उनि लभ स्टोरीलाई पर्दामा देखाउने तयारी गरिरहदा जात्रा सिरिजको चार्चा नहुने कुरै भएन ।
पछिल्लो समय यसै सन्दर्भमा एक भेटघाटमा टिमले अब सिक्वेल नभई सिरिजलाई अगाडी बढाउने संकेत गरेका छन् । जात्राले उत्पन्न गरेको कौतुहलतालाई यसको सिक्वेलले मेटाएकोले अब सिरिजको रुपमा अगाडी बढ्ने संकेत गरेका हुन् । यो टिमनै जात्राबाट स्थापित भएको थियो भने सिक्वेलसम्म आइपुग्दा नेपालको राम्रो व्यानर बनिसकेको छ ।











