‘आधा सुर’ घोषणा

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म क्रियू नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा फिल्म ‘आधा सुर’ घोषणा भएको छ । फिल्म सामाजिक कथामा फिल्म बन्ने घोषणा कार्यक्रममा जानकारी गराइयो । पारिवारिक सामाजिक कथामा बन्ने फिल्मलाई अशिन पौडेलले निर्देशन गर्नेछन् । तीन युवकको जीवनकहानीको वरीपरी कथा घुम्ने बताइएको छ । फिल्मको कथा लेखनमा निर्देशक पौडेललाई सौरभ कार्कीले सघाएका छन् । क्यामेराको जिम्मा विष्णु कल्पित घिमिरेको पोल्टामा परेको छ ।

काठमाडौं र पोखरामा छायाँकन हुने फिल्म भदौ दोश्रो साताबाट फ्लोरमा जानेछ । अर्पण थापा, प्रविण खतिवडा, सरिता गिरी, मोहन जैशी, शिशिर बाङ्देल, दिलिप रानाभाट, सुरज बिष्ट, सुभांगम पराजुली लगायत लिड अभिनयमा रहनेछन् । रोशनराज थापाको संगीत रहने ‘आधा सुर’मा केशव रानाको सम्पादन रहनेछ ।

कमेन्ट गर्नुहोस्