भाद्र २० मा ‘सोच’

41 Shares

फिल्म । अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरीको अभिनय रहेको फिल्म ‘सोच’ को प्रदर्शन मिति आउँदो भदौ २० गतेलाई घोषणा गरिएको छ । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्मको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा अभिनेताद्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगाना फिचर्ड छन् । यिनको क्यारेक्टर र फिल्मको कन्सेप्टलाई पोस्टरबाट प्रस्ट्याउन खोजिएको छ । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

कृष्ण आचार्यको पटकथा, संवाद रहेको सम्वाद रहेका ‘सोच’ मा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । फिल्मले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउँछन् । यसलाई आरआर फिल्मस्ले वितरक गर्दैछ ।

Facebook Comments