विदेश । अष्ट्रेलियाको ग्रानभिल स्थित नेपाली समुदायमा रचनात्मक जीवन, सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धि एक विशेष जीवन जागरण शिविर सम्पन्न भएको छ ।। सो कार्यक्रममा योग आर्चाय अर्थात सकारात्मक सोचका अभियन्ता आर्चाय राजन शर्मा तथा भीमसेन सापकोटाले उत्प्रेरणा सम्बन्धि प्रवचन, योग जागरण, रचनात्मक जीवन, सकारात्मक सोच तनाव व्यवस्थापन सम्बन्धि क्रियाकलापहरु गराउनु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली समुदायका अग्रज प्रतिनिधी, अभिभावक विद्यार्थीहरुको सहभागिता रहेको थियो । छोटो समयमा नै तनावलाई नियन्त्रण गर्न सकिने योगको महामुद्रा देखि योगको विभिन्न सत्सङ,प्रयोगात्मक पक्षको अभ्यास गरिएको थियो । योगले व्यस्त जीवनलाई रचनात्मक,सकारात्मक जीवनको बाटो देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहयोग गर्ने सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा योगले आफुलाई तनाव व्यस्थापन गर्न ठूलो सहयोग भएको र एउटा एउटै शिविरमा बस्दा पनि ठूला अनुभूति भएको सहभागिहरूले बताए । सो कार्यक्रमा सहभागि पण्डित भास्करराज ढुंगेलले यस्ता कार्यक्रमहरुले मानव चेतना मात्र जगाउने नभएर मानिस मानिसबीचको आत्मिय पनि जगाउँछ त्यसैले आर्चाय राजनशर्मा थाल्नु भएको यो विश्वव्यापी अभियान हामीसबैको अभियान भएको बताउनु भयो ।
सो कार्यक्रमा सहभागि राम रुवालीले मानिसहरु आजभोली काम र अन्य व्यवसायमा व्यस्त रहेको बेला योगले ठूलो सहयोग गर्ने बताउनु भयो ।यसैगरि आयोजक मध्येका प्रमुख एवं एक्सपर्ट टेलिकमका निर्देशक चिरन्जीवि तिवारीले व्यस्त दीनचर्या विच यस्ता कार्यक्रम नियमित रुपले दोहोर्याउंनु पर्ने धारणा राख्नु भयो -‘ भौतिक उपलब्धि र सस्तो लोकप्रियााताको पछाडि हामीले जीवनको आनन्द र आरोग्य छुटाइरहेको अवस्थामा गुरु आचार्य राजन शर्मा द्वारा प्रवर्द्दन गरिएको आत्म जागरणको शिविर मानवलाई महा मानव बनाउंने अभियान हो ‘-तिवारीले भन्नु भयो ।










