फिल्म । कबड्डीको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक भएको छ । आउँदो भाद्र १३ गतेलाई प्रदर्शन मिती तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको छ । फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।
सार्वजनिक टिजरमा दयालाई सोल्टिनीको प्रेम छाडेर नयाँ माया खोज्दै गरेको देखिन्छ । दया उपासनाको पछि देखिएका छन् । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मलाई रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । रेनशा वान्तवा राइको कोरियोग्राफर, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्म अब भदौ १३ मै रिलिज हुने ‘मारुनी’सँग जुध्ने भएको छ ।
कमेन्ट गर्नुहोस्











