५० लाख पुरस्कार सहित ‘कमेडी च्याम्पियन’ घोषणा

टिभी । पछिल्लो समय टिभीमा कमेडी सिरियलकै संख्या घट्दो छ । प्रसारण भइरहेका सिरियलमा पनि ‘भद्रगोल’ बाहेक अन्यले दर्शकलाई आकर्षित गर्न सकेका छैनन् । दशक अगाडी तीतो -सत्य , मेरी बासै र जिरे खुर्सानी आउने समयमा परिवारनै टिभीको लागि समय छुट्याउथिए । तर , पछिल्लो समय यतिबेला समय फेरिएको छ ।

किनकी सिरियल त छैनन् नै नयाँ हास्यकलाकारले पनि दर्शकको मन जित्न सकेका छैनन् । मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै किरण केसी , राजाराम पौडेलपछी टिभीमा उदाएका दीपकराज गिरी , जितु नेपाल , केदार घिमिरे , सिताराम कट्टेल , दीपाश्री निरौला , कुन्जना घिमिरेपछी कमेडीमा ‘भद्रगोल’ टीम बाहेक अन्यले दर्शक माँझ परिचय बनाएका छैनन् । या , भनौ दमदार कमेडियन आएका छैनन् । यहि अभावलाई पनि केहि परिपुर्ती गर्ने उदेश्यको साथ् ‘कमेडी च्याम्पियन’ आउने भएको छ ।

कार्यक्रमको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरियो । आउँदो भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्नेछ । बिशाल भण्डारीको निर्देशनमा तयार हुने शोमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायक रहनेछन् ।

विदेशी शो को फ्रेनचाइज नभई आफ्नै कर्यक्रम बनाउन लागेको निर्देशक भण्डारीले प्रस्ट्याए । ‘हामीले डिजिटल अडिसन लिनेछौ र त्यसमा छानिएकाको फिजिकल अडिसन हुनेछ’ निर्देशक भण्डारीले कार्यक्रमलाई प्रस्ट्याउदै भने ‘अडिसन राउण्डपछी टप २५ सेलेक्ट हुनेछन् , जसबाट क्रमश १५ र ३ सेलेक्ट हुनेछन ।’ टप ३ बाट विजेता चयन गरिनेछ , जसले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । डिजिटल अडिसनमा सहभागी हुन् गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्नु पर्नेछ ।

नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजकलाई पठाउनु पर्ने छ । यसबाट सम्भावना बोकेकालाई आयोजकले फिजिकल अडिसनको लागि कल गर्नेछ । ‘हामीले आफ्नै शो ल्याएका छौ र आश छ माया पाउछौ भन्ने’ निर्देशक भण्डारी विश्वस्त सुनिए ।

शो लाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । शो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ , जसलाई शान बस्न्यातले लेख्नेछन् । शो निर्माताको रुपमा अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजा थपलिया रहेका छन् । शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।

कमेन्ट गर्नुहोस्