ज्योतिको ‘कति रातहरु…’ (भिडियो)

संगीत । चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाश स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यसअघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यसपटक पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् ।

नेपाली चित्रकलामा ख्याति कमाएका अझ भनौं प्रख्यात चित्रकारले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा लैजान सक्ने प्रसस्त सम्भावना देखिन्छ । सानै देखि कला, संगीत र साहित्यमा रुचि भएका गायक ज्योतिको यस सार्बजनिक गीतको भिडियोमा नेपाली समसामयिक विषय बस्तु उठान गरिएको छ ।

चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतलाई गायक ज्योति प्रकाशले आफैं संगीत भरेका छन् । यस कति रातहरु बोलको गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटी मगरले खिचेका हुन् । मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्