फिल्म । सदाबहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको परिक्षामा सहभागी भएकी करिश्मा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘बी प्लस’ आएको छ । एसइइ परिक्षाको रिजल्ट आउने चर्चा भएसंगै करिश्माको रिजल्ट के हुन्छ भन्ने चासो फिल्मकर्मी , मिडियाकर्मीसंगै आम मानिसलाई पनि थियो ।
उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ९ बाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ । एसइइमा राम्रो अंक पाएकी उनले प्लस टुमा व्यवस्थापन बिषय लिएर पढ्ने उनको योजना छ । अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनयबाट टाढा छिन् ।
कमेन्ट गर्नुहोस्










