तर्साउने ‘घर’ (ट्रेलर)

फिल्म । हरर फिल्म ‘घर’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार युट्युबमार्फत् सार्वजनिक गरिएको ट्रेलरमा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ । अर्पण थापा निर्देशित फिल्मको ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तले उनको श्रीमतिको भूमिका निभाएकी छन् । सार्वजनिक ट्रेलरमा अर्की अभिनेत्री बेनिशा हमाल भने डराउने अर्थात भुतको भूमिकामा छिन् ।

आउँदो साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्ममा बेनिशा केहि बोल्ड पनि देखिनेछिन् , जसको क्षणक ट्रेलरमा देखिएको छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा नयाँ घरमा सरेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको फिल्मलाई निरज कँडेलले फिल्म खिचेका हुन् ।

सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । सन्तोष अधिकारी यस फिल्मका सह-निर्माताको रुपमा रहेका छन् । सूर्य ठोकरको द्वन्द्व रहेको ‘घर’ लाई डिएस डिजिटल र एफडि कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्