फाइनल भयो टाइगर र ऋतिकको फिल्मको नाम

फिल्म । डान्स र एक्सनमा अगाडी नाम आउने दुई बलिउड एक्टर ऋतिक रोशन र टाइगर श्राफलाई सँगै देख्ने फ्यानको चाहना अब केहि समय मात्र बाकि छ । यी दुईलाई लिएर निर्देशक सिद्धार्थ आनन्दले फिल्मको काम गरिरहेका छन् । यी दुइ एकै फिल्ममा हुने खबर आएता पनि नाम भने फाइनल भएको थिएन । तर , पछिल्लो जानकारी अनुसार यी दुइको फिल्मको नाम ‘फाइटर्स’ राखिएको छ । यशराज फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्मको धेरै कुराहरु सार्वजनिक गरिएको छैन , फिल्ममा वानी कपूर लिड रोलमा छिन ।

गत सेप्टेम्बरबाट छायाँकन प्रारम्भ गरेको फिल्मले ६ देशको लोकेसन सेलेक्ट गरेको छ । सिद्धार्थले सन् २००५ मा सलाम नमस्ते मार्फत निर्देशकको रुपमा डेब्यु गरेका थिए । त्यसपछी उनले तारारमपम , बचना ए हसिनो , अन्जाना अन्जानी , ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ऋतिकसँग उनले पछिल्लो फिल्ममा काम गरेका थिए । ऋतिक र टाइगरलाई एक अर्काको कपि मानिन्छ , त्यसैले यी दुईलाई फ्यान एकसाथ हेर्न चाहन्छन । यी दुईले एकै गीतमा नृत्य समेत गर्दैछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्