फिल्म । नवल नेपालको निर्देशनमा तयार भइरहेको फिल्म ‘मारुनी’ को फस्ट लुक अन्तर्गत पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका दुइ लिड एक्टर साम्राज्ञी आरएल शाह र पुष्प खड्का फिचर्ड छन् । कथा वस्तु नखुलाइएको फिल्मको पोस्टरले प्रेम भाव व्यक्त गरेको छ । भाद्र १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा रेविका गुरुङ डेब्यु गर्लको रुपमा छिन । अर्थात् उनले यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् , तर पोस्टरमा उनि छैनन् ।
फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक नेपालले बताए । गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेकोछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै साइएरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । फिल्ममा पुनम गौतम निर्मात्री छिन् भने राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह–लगानी छ ।










