‘गीत’ का लागि २५ छनौट

फिल्म । नेपाली फिल्ममा प्रेम गीत चर्चित सिरिजको रुपमा पर्छ । आसुसेन फिल्म्स र निर्माताको रुपमा प्रेम गीत सिरिज मार्फत नै सन्तोष सेन स्थापित भएका हुन् । यसै फिल्मको सिरिज मार्फत प्रदीप खड्का र पुजा शर्मालाई स्थापित भए । यतिबेला यसकै तेस्रो सिरिजको लागि अभिनेत्री चयनमा निर्माण टिम जुटेको छ । प्रेम गीत र प्रेम गीत २ मा एक्टर प्रदीप भएपनि एक्ट्रेस भने परिवर्तन थिइन् । ति दुवै एक्ट्रेस प्रदीप सुहाउँदो नरहेको प्रतिक्रिया तात्कालिन समयमा निर्माण पक्षले पाएको थियो ।

यसैले गर्दा पनि तेस्रो सिरिजमा आइपुग्दा निर्माताले ‘गीत’ बन्नको लागि ‘कास्टिङ कल’ नै गरे । प्राप्त आवेदन मध्यबाट २५ छानिएका छन् , जसको अडिसन लिईनेछ । १८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने निर्माण कम्पनीले विज्ञप्तीमार्फत् जानकारी गराएको थियो ।

निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठलगायतको टिमले उत्कृष्ट २५ मा अभिनेत्री अर्थात् फिल्मको ‘गीत’ पात्रका लागि छानिएका केहि नामहरुले फिल्म र म्यूजिक भिडियोमा काम गरिसकेका छन् । एलिशा शर्माले ‘चिँ मुसी चिँ’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् । भने, ‘बोल माया’ बोलको गीतबाट चर्चामा आएकी अञ्जली अधिकारी पनि उत्कृष्ट २५ मा छनोट भएकी छन् ।

करुणा श्रेष्ठले पनि फिल्म ‘सय कडा दश’ मा अभिनय गरिसकेकी छन् । यस्तै, ‘बुगि बुगि’ की विजेता कविता नेपाली पनि उत्कृष्ट २५ मा परेकी छन् । उत्कृष्ट २५ मा छानिएकी मोडल क्रिस्टिना थापाले दर्जनौं गीतमा मोडलिङ गरेकी छन् । लिड हिरोइनका लागि आवेदन दिएर उत्कृष्ट २५ मा छनोट भएकी लाक्पा शेर्पा पनि मोडल हुन् ।

पूजा तिवारी फिल्म ‘बेबी आई लभ यू’ बाट अभिनय यात्रामा होमिएकी थिइन् । गीतको भूमिकाका लागि उत्कृष्ट २५ भित्र पर्न सफल ६ युवती परिचित अनुहार भए पनि बाँकी विल्कुलै नयाँ अनुहार हुन् । यसपटक निर्माता सेनले कथाकार छेतेन गुरुङसँग मिलेर फिल्म निर्देशन गर्दैछन् । फिल्मको कथा छेतेनकै हो । फिल्मको छायाँकन हिमाली भेगमा हुनेछ भने यसलाई दर्शकले यस वर्ष अन्तिमसम्ममा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्