‘कहाँ छौ’ मा गम्भीर र आश्मा

संगीत । गीतकार मनिष बसिष्ठको नयाँ गीत ‘कहाँ छौ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सजल न्यौपानेको संगीत रहेको छ भने यसमा बानीका प्रधानको स्वर रहेको छ । गीतमा गम्भीर विष्ट र आश्मा गिरी फिचर्ड छन् । गीतमा एक जोडीले एक अर्काको मायालाई खोजेको भान हुन्छ । पछिल्लो समय समय फरक गीतसंगीतलाई नेपाली दर्शक तथा श्रोता माँझ ल्याईरहेका मनिष र गम्भीरले मिलेर भिडियोको कन्सेप्ट तयार गरेका हुन् । भिडियोलाई गम्भीरले नै निर्देशन गरेका छन् । यसलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने सम्पादन ओम पौडेलको रहेको छ ।

कमेन्ट गर्नुहोस्