फिल्म । गत अप्रिल २६ मा रिलिज भएको एभेन्जर्सको सिरिज ‘एण्डगेम’ ले निकै राम्रो ब्यापार गरिरहेको छ । फिल्मले विश्वमै सबै भन्दा बढी कमाउने दोस्रो स्थानमा आफुलाई पुर्याईसकेको छ । मार्भलका सबै सुपरहिरो एकसाथ भएकोले पनि यसलाई दर्शकले निकै रुचाएका छन् । आइरन म्यान र क्याप्टेन अमेरिकाको अन्तिम फिल्म भनिएकोलले पनि एण्डगेम दर्शकको रोजाईमा परेको हो ।
यस फिल्मको पछिल्लो सिरिज इन्फिनिटी वार देखि स्पाइडर म्यान पनि जोडिएका छन् । गत वर्षको नोभेम्बरमा स्पाइडर भर्सलाई रिलिज गरेको मार्भल स्टुडियोले यसवर्ष स्पाइडर म्यानको नयाँ सिरिज ‘स्पाइडर म्यान: फार फ्रम होम’ रिलिज गर्दैछ । नयाँ सिरिज फार फ्रम होमको ट्रेलर समेत सार्वजनिक भईसकेको छ । ट्रेलरमा मुख्य पात्र टम हल्यान्ड (स्पाइडर म्यान) युरोप भ्रमणमा गएपछि आउने समस्यालाई देखाएको छ । तर , स्पाइडर म्यान अर्थात टम होल्याण्डले ट्रेलरको सरुवातमा आएर यसलाई हेर्नको लागि एण्डगेम हेरेको हुनु पर्ने बताएका छन् ।
‘यदि तपैले एण्डगेम हेर्नु भएको छैन भने यो ट्रेलर स्टप गर्नुस’ उनले भने ‘यसको कथालाई बुझ्न एण्डगेम हेर्नु जरुरि छ ।’ फिल्म एण्डगेमसँग जोडिएको छ । आइरन म्यान नरहेपछी उनले दिएको कस्ट्युममा स्पाइडर म्यान देखिएका छन् । ट्रेलरमा कहिँ कतै ब्रह्माण्डलाई नयाँ आइरन म्यान चाहिएको जिकिर गरिएको छ । यो सन् २०१७ मा रिलिज भएको ‘स्पाइडर म्यान : होमकमिङ’को दोस्रो श्रृंखला भनिएको फार फ्रम होममा स्यामुयल एल ज्याक्सन, जेन्दया, कोबे स्मल्डरस लगायतको अभिनय रहेको छ । आउदो जुलाईमा रिलिज हुने फिल्मलाइ जोन वाट्सले निर्देशन गरेका हुन् । फिल्मलाई एण्डगेमसँग जोडिएको मात्र छैन , त्यसको घटनाक्रमले पारेको असर पनि देखाइएको छ । फिल्ममा स्पाइडर म्यान होलिडे मुडमा देखिएका छन् तर विपत आइपरेपछी उनि फेरी पनि रक्षकको रुपमा चित्रित छन् । (एजेन्सी)











