ओटीटी । जयदीप अहलावत अभिनीत वेब सिरिज ‘पाताल लोक २’ को टिजर सार्वजनिक भएको छ । प्राइम भिडिओ इन्डिया युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको टिजरमा जयदीपको केही संवाद राखिएको छ । यसमा उनले हाथीराम चौधरीको भूमिका निर्वाह गरेका छन् ।
जयदीपलाई चर्चामा ल्याउने श्रेय यसै सिरिजलाई जान्छ । अमेजोन प्राइमले अभिनेत्री अनुष्का शर्मासँग मिलेर निर्माण गरेको ‘पाताल लोक २’ मा जयदीपसँगै इश्वक सिंह, अभिशेक बेनर्जी, स्वस्तिका मुखर्जी, निहारिका ल्यारा दत्तलगायत कलाकारको अभिनय छ।
कमेन्ट गर्नुहोस्