कमेन्ट गर्नुहोस्
कंगनाको कारण सर्यो ऋतिकको फिल्म

फिल्म । गत जनवरीमै रिलिजको तयारिमा रहेको फिल्म ‘सुपर ३०’ ले प्रदर्शन मिति सारेको थियो । फिल्ममा ऋतिक रोशन मुख्य भूमिकामा छन् भने सोहि डेटमा कंगना रनौत अभिनित फिल्म ‘मनिकर्णिका’ पनि रिलिज थियो । ऋतिक र कंगनाको विवादले मिडियामा राम्रो चर्चा पाइरहेको थियो । यसैले गर्दा ऋतिकले सँगै फिल्म नल्याएको चर्चा भयो । यसलाई केहिले प्राविधिक कारण पनि भने । त्यसपछि फिल्मको रिलिज डेट जुलाई २६ लाई तय गरियो ।
तर यस डेटबाट पनि फिल्म सर्ने भएको छ । यस डेटमा फेरी पनि कंगना अभिनित फिल्म ‘मेन्टल हे क्या’ रिलिज हुने भएको छ । ‘सुपर ३०’ को नयाँ डेट अगस्ट ९ लाई तोकिएको छ । फिल्ममा ऋतिकसँगै विरेन्द्र सक्सेना , मनुरल ठाकुर , नन्दीश शर्मा , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । ऋतिक फिल्म काबिलममा देखिएका थिए , त्यस यता उनि देखिएका छैनन् ।






