फिल्म । पछिल्लो समय दर्शकलाई नयाँ जोडी प्रस्तुत गर्न फिल्मकर्मी तल्लिन देखिन्छन् । तर , सहजै नयाँ जोडी दर्शकले स्विकार्दैनन् । त्यसैले जोडी बनाउनु सहज छैन , निर्माता तथा निर्देशकलाई । पछिल्लो पटक फिल्म ‘हजार जुनीसम्म’ को पत्रकार सम्मेलनमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री स्वस्तिमा खड्का एकसाथ देखिए ।
यी दुइ जोडी त होइनन् , फिल्ममा तर कार्यक्रममा आउने समय एकै भयो । यी दुइले विभिन्न क्यामेराको लागि पोज दिए । तस्वीरमा आर्यन र स्वस्तिमामा लाइ सँगै देखेपछी केहि निर्माता तथा निर्देशकले पर्फेक्ट जोडीको रुपमा समेत ब्याख्या गरेका छन् । अभिनय र सुन्दरतामा यी दुवै अगाडी छन् , त्यसैले पनि एकै फ्रेममा देखिएपछी यतिबेला यिनलाई जोडी बनाउने चर्चा बढ्दो छ । यी दुइले सँगै अभिनय गरेको फिल्म ‘हजार जुनीसम्म’ आउँदो साउन ३० मा रिलिज हुदैछ ।
फिल्ममा आर्यन र स्वस्तिमासँगै सलोन बस्नेत , प्रियंका कार्की , संचिता लुइँटेल , अनुभव रेग्मी , दीपाश्री निरौला , शिवहरी पौडेल लगायतको अभिनय रहेको छ भने यसै फिल्म मार्फत अखिलेस प्रधानले डेब्यु गर्दैछन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसको पटकथा निर्देशक आचार्य र सामिप्यराज तिमल्सेनाले मिलेर लेखेका हुन् ।











