‘हृदय भरी’ मा पलको नयाँ लुक्स (फोटो फिचर)

फिल्म । पछिल्लो समय एक्टर पल शाह फिल्म ‘हृदय भरी’ को छायाँकनमा व्यस्त छन् । फिल्मको छायाँकनसंगै उनको आउँदो जेष्ठ ३ गते रिलिज हुने फिल्म ‘बीर बिक्रम २’ को प्रमोसनमा पनि उनि व्यस्त छन् । यसै क्रममा फिल्म ‘बीर बिक्रम २’ को गीत रिलिज कार्यक्रममा पल देखिए । उनि पहिले भन्दा फरक गेटअपमा देखिएका थिए । उनले कार्यक्रममा बोल्ने क्रममा आफु सिधै छायाँकनबाट आएको बताए । उनले यस्तो बताई रहदा उनको नयाँ लुक्स त्यहि फिल्मको लागि हो भन्ने बुझ्न गाह्रो थिएन । उनले फिल्ममा एक लभरब्वाईको क्यारेक्टर प्ले गरिरहेका छन् ।

त्रिकोणात्मक प्रेम कथासँगै सामाजिक संदेश पनि रहेको बताउदै आइएको छ । फिल्ममा पलको लुक्स हेर्दा लाग्छ उनि म्युजिक भिडियोमा देखिएको समयका छन् । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहेको फिल्मलाई दर्शकले भाद्र २७ मा हेर्न पाउनेछन् । फिल्ममा पल शाहसँग श्रद्धा छेत्रीले रोमान्स गर्नेछिन् । यसैफिल्म मार्फत श्रद्धाले फिल्मनगरीमा डेब्यु गर्दैछिन् । फिल्ममा पल र श्रद्धासँगै निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , मनोज केसी , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ ।

एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्ने फिल्मलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन् । फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ । फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्