फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सानो मन’ले रिलिज पुर्व आयोजित प्रिमियरबाट नै प्रतिक्रिया राम्रो पाएको थियो । प्रिमियरमा रुचाइएको फिल्मलाई दर्शकले पनि रुचाएका छन् । रिलिजको दोस्रो दिन शनिवार दर्शकको साथ् पाएको फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार वर्षाले असर गरेको फिल्मको प्रितिक्रिया लिन जनजीवन स्समान्य हुँदै गरेपछि शनिवार निर्माण टिम हलहलमा पुगेको थियो ।
आयुष्मान डिएस जोशी र शिल्पा मास्के दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित देखिन्थे । नव निर्देशक सुयोग गुरुङ्गले तारिफ पाएका छन् । उनलाई ‘लभ स्टोरी’ लाई न्याय गर्न सक्ने निर्देशकको रुपमा हेरिएको छ । आयुष्मानले पनि अहिलेसम्मकै उत्कृष्ट अभिनयको प्रतिक्रिया प्राप्त गरेका छन् । आयुष्मान र शिल्पाको जोडीलाई रुचाईएको छ ।
देशैभरका सिंगल तथा मल्टिप्लेक्समा शनिवार उत्साहित दर्शक देखिएका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ले आईतवार देखी हलमा दर्शकको अझै चाप बढ्ने बिश्वास निर्माण पक्षको छ ।’म्यूजिकल लभ स्टोरी’भनिएको फिल्मले युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरेको छ । यसमा आयुष्मान र शिल्पासँगै सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।
यसैबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि.ओ.पि. रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।










