फिल्म । आउँदो वर्षमा रिलिज हुने प्रतिक्षित फिल्म ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक दुइ गीतलाई दर्शकले रुचाइसकेपछि निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा दाल भात तरकारीकै लागि विदेशिनु पर्ने बाध्यता त्यसमा आइपर्ने झन्झटलाइ देखाइएको छ । ट्रेलरमा हरिवंश आचार्य छाएका छन् भने नीरुता सिंह उनको पत्नीको भूमिकामा छिन् । पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । अभिनेत्री प्रियंका कार्की भने आइटम गीतमा छिन् ।
मह सञ्चारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ । फिल्म आउँदो वैशाख २० मा रिलिज हुनेछ ।











