सुहानालाई ‘सत्य भन्छु’ भन्दैछन् अनमोल (लिरिकल भिडियो)

फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ३’ नयाँ गीत सार्वजनिक भएको छ । म्युजिकल लभ स्टोरी फिल्मको ‘सत्य भन्छु’ बोलको गीत सार्वजनिक भएको हो । निर्माण पक्षले यस गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो । गीतमा रवि मल्लको शब्द , कल्याण सिंहको संगीत र प्रताप दासको स्वर रहेको छ ।

फिल्ममा अनमोल केसी रकस्टार प्रेमको भूमिकामा छन् भने डेब्यु गर्ल सुहाना थापा फ्यानको भूमिकामा छिन् । फिल्ममा अर्पण थापा , सलोन बस्नेत , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्