‘दबंग ३’ को कथा लिक ?

फिल्म । सलमान खानको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले ।

अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ को शुटिङ सुरु भएको छ । खान ब्रदर्स अर्थात सलमान खान र अरबाज खानले फिल्मको घोषणा गर्दै शुटिङ पनि सुरु गरिसकेका छन् । सलमानलाई चुलबुल अवतारमा हेर्न आतुर रहेका दर्शकले आउँदो क्रिसमसमा उनलाई हेर्न पाउने भएका छन् । भारतको छायाँकन सकाए लगतै सलमानले ‘दबंग ३’ लाई समय दिएका हुन् ।

फिल्मलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गर्दैछन । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा हुनेछिन् । साथै , फिल्मको विषयवस्तु पनि लिक भएको छ । फिल्म पछिल्लो समय समस्यामा परेका किसानको वरिपरी घुम्ने छ ।

किसानले भोगीरहेको समस्याको समाधान चुलबुल पाण्डेले गर्नेछन् । पछिल्लो समय भारतमा भू माफियाले किसानको जमिन हडपेको खबरले निकै चर्चा पाएको थियो । यसपटक दबंगको तेस्रो सिरिजमा यसै विषयवस्तुलाई समेटिएको खबर बाहिर आइरहेको छ । फिल्ममा सलमान खान र सोनाक्षी बाहेक अन्य कलाकारहरु खुलाइएको छैन् । तर फिल्ममा अरबाज खान पनि महत्वपूर्ण भूमिकामा हुनेछन् ।

कमेन्ट गर्नुहोस्