फिल्म । नेपाली फिल्म नेपालमै प्राथमिकताको आधरमा हेर्ने हो भने तेस्रो स्थानमा पर्छ । यो अधिकांसको हकमा लग्नु हुन्छ । त्यसो त हलिउड र बलिउडका बिग रिलिजसँग नेपाली फिल्म नआउनुले पनि माथि उल्लेखित शब्दमा सत्यता थप्छ । यस्तै भएको छ , आज देखि प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेसन’ को हकमा पनि ।
गत वुधवार शो ओपन भएसँगै उच्च शो पाएको समाचार बनिरहेको लभ स्टेसनको शो घटेको छ । राजधानीको क्युएफएक्स अन्तर्गतको पाँच हलमा १९ शो दिएको फिल्मको रिलिज अगावै २ शो घटाएर १७ मा सिमित गरिएको छ । अन्तिम समयमा फिल्म ‘क्याप्टेन मार्भल’ नेपाल आएपछि लभ स्टेसनको शो घटेको हो । गत फागुन २४ मा रिलिज भएको फिल्म झन्डै एक महिनापछी नेपाल आएको हो । फिल्मको शो क्युएफएक्समा घटेता पनि अन्य हलमा भने यथावत नै रहेको छ । फिल्म ‘क्याप्टेन मार्भललाई ‘लभ स्टेसन’लाइ मोफसल वितरणको जिम्मा पाएका वितरक मनोज राठीले नै नेपाल ल्याएका हुन् ।
फिल्म रिलिज भएको एक महिनापछी चैत्र २२ कै डेटमा ल्याएपछि निर्माता तथा वितरक गोविन्द शाही केहि रुष्ट पनि देखिएका छन् । यसअघि पनि वितरक राठीले आफ्नै वितरण रहेको फिल्म ‘कृ’ सँगै बलिउडको फिल्म ‘प्याड म्यान’ रिलिज गरेका थिए । उज्वल घिमिरेको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का , जसिता गुरुङ , रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।












