‘ब्ल्यांक’ ट्रेलरमा सनीको एक्सन अवतार (भिडियो)

फिल्म । सनी देओलको एक्सन अवतारलाई पुनः दर्शकले हेर्न पाउने भएका छन् । उनि अभिनीत फिल्म ‘ब्ल्यांक’ को ट्रेलरले यस्तै संकेत गर्छ । उनि दशक अगाडी झैँ एक्सन मुडमा छन् । एक्सनकै मध्यमबाट चिनिएका सनी यसमा देश भक्तको रुपमा अफिसरको भूमिकामा छन् । यसै फिल्म मार्फत करण कपाडियाले डेब्यु गर्दैछन् ।

उनि ट्वीन्कल खन्नाको भाइ हुन् भने अक्षय कुमारको साला । यसैले गर्दा पनि अक्षय फिल्मलाई लिएर उत्साहित छन् । फिल्ममा करणले पुराना कलाकार झैँ काम गरेका छन् । फिल्ममा उनि एक बमरको भूमिकामा छन् । आतंकवादी गतिविधिले निम्त्याउने घटनामा आधारित फिल्मलाई दर्शकले आउँदो मे ३ मा हेर्न पाउनेछन् । फिल्मलाई बेह्जद खंवाटाले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्