‘फिल्मी ब्लड जोडी’ : अनमोल र सुहाना (फोटो फिचर)

फिल्म । आउँदो चैत्र २९ गते झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ रिलिज हुँदैछ । फिल्ममा युवास्टार अनमोल केसी छन् भने डेब्यु गर्ल सुहाना थापा । दुवैको समानताको भनेको फिल्मी ब्लड हो । अनमोल भुवन केसीका छोरा हुन् भने सुहाना झरना थापाकी छोरी दुवैका प्यारेन्स अभिनेतासँगै निर्देशक पनि । आखिर के फरक हुदो रहेछ त , कलाकार हुँदै निर्देशक बनेकासँग काम गर्दा ? अनमोल भन्छन् ‘उँहाहरुले कलाकारिता पनि बुझ्नु हुन्छ त्यसैले काम गर्दा सहज हुन्छ ।’ उनले आफ्नो बुवा भुवन र झरनासँग काम गर्दा कलाकारलाई बुझ्ने शैलीमा समानता पाएको बताए ।

‘हाम्रो मर्का पनि थाहा हुन्छ , उँहाहरुलाई’ अनमोलले भने । अनमोलले सातौ फिल्मसम्म आइपुग्दा बल्ल आफ्नो ड्रिम पुरा भएको आभास पनि गरेका छन् । किनकी उनि गीतसंगीतका सौखिन हुन् । डेब्यु फिल्ममा अनमोललाई को-स्टार पाउँदा सुहाना पनि दंग छिन् । ‘मलाइ मन पर्ने कलाकार नै को-स्टार पाए खुसि छु’ सुहाना भन्छिन् ‘तर , मलाइ म फिल्ममा काम गर्दैछु भन्ने थाहा थिएन ।’ उनि विदेश रहदा नै झरना र उनका पिता सुनिलकुमार थापाले उनलाई जानकारी दिएका थिए ।

‘पहिला अनमोल भयो भन्ने थाहा पाए , त्यसपछि मलाइ काम गर भन्नु भयो’ सुहाना सम्झिनछिन् ‘मैले हतार नगरौ भनेकी थिए तर मलाइ म भन्दा पनि बढी मेरो मम्मीले चिन्नु हुन्थ्यो , सायद यसैले गर्दा डेब्यु गरे ।’ उनि आउँदा दिनमा पनि पढाइ सकेर फिल्ममा निरन्तरता दिने सोचमा छिन् । फिल्ममा अर्पण थापा , सलोन बस्नेत , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ । फिल्म चैत्र २९ गते रिलिज हुँदैछ ।

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्