फिल्म । बलिउडमा चान्स पायो भने लाइफ बन्छ भनिन्छ । तर खान स्टारकै फिल्म मार्फत बलिउडमा इन्ट्री गरेका केहि अनुहारलाई दर्शकले स्वीकारेनन् , जसले गर्दा उनीहरुको बलिउड यात्रा छोटो भयो भन्दा फरक नपर्ला । आज हामी यस्यै केहि कलाकारको बारेमा कुराकानी गर्दैछौ , जसको बलिउडमा इन्ट्री त शानदार भयो तर उनीहरुले दर्शकको मन जित्न सकेनन् ।
आसिन बलिउडमा पहिलो एक सय करोड क्बलमा इन्ट्री भएको फिल्म ‘गजनी’ मार्फत डेब्यु गरेकी एक्ट्रेस हुन् आसिन । सन् २००८ मा उनले आमिर खानको को-स्टार हुदै बलिउडमा प्रवेश पाइन । साउथ इण्डियन फिल्मको रिमेक यस फिल्मलाई दर्शकले निकै रुचाए । फिल्ममा आसिनको रोल कमै भएता पनि महत्वपूर्ण थियो । फिल्ममा मार्फत उनले दर्शकको सिम्प्याथी पनि पाएकी थिइन् तर उनले बलिउडमा आफुलाई निरन्तरता दिन सकिनन् । पछिल्लो पटक सन् २०१५ मा रिलिज भएको फिल्म ‘अल इज वेल’ मा देखिएकी आसिन यतिबेला बिजनेसम्यान राहुल शर्मासँग विवाहित जीवनमा छिन् ।
ट्विन्कल खन्ना सन् १९९५ मा रिलिज भएको फिल्म ‘बरसात’ मार्फत बलिउडमा इन्ट्री गरेकी ट्विन्कल खन्नाले पनि आफ्नो यात्रालाई निरन्तरता दिन सकिनन् । उनले डेब्यु फिल्ममा बबी देओल को-स्टार पाएकी थिइन् । यसै फिल्म मार्फत बबीले पनि डेब्यु गरेका थिए । ट्विन्कलले डेब्युपछी राम्रो राम्रो फिल्ममा काम गरिन् । सन् २००१ मा पछिल्लो पटक लभके लिए कुछ भी करेगामा देखिएपछी उनले एक्टर अक्षय कुमारसँग विवाह गरिन् । त्यसपछी उनले अक्षयको पत्नीकै पहिचान बनाइन । अर्थात् उनले अभिनयलाइ छाडेर आफुलाई निर्मात्रीको रुपमा अगाडी ल्याइन ।
शमिता शेट्टी बलिउडमा अभिनय मार्फत आफ्नो जादु छरेकी शिल्पा शेट्टीकि बहिनि शमिताले पनि डेब्युमा निकै चर्चा पाइन् । शिल्पा चर्चामै रहदा बलिउडमा उनले सन् २००० को ब्लकबष्टर फिल्म ‘मोहब्बते’ मार्फत इन्ट्री गरिन् । अमिताभ बच्चन , शाहरुख खान , ऐश्वर्या राय जस्ता कलाकार रहेको फिल्म मार्फत उनले इन्ट्री पाएकी थिइन् । त्यसैले उनको चर्चा हुनु स्वभिक नै थियो । तर उनि लिड एक्ट्रेस नभई क्यारेक्टर आर्टिस्टकै रुपमा अगाडी आउंदै गइन् । पछिल्लो समय उनि बलिउडमा फाट्टफुट्ट रुपमा देखा परिरहेकी छिन् भने साउथ इण्डियन फिल्ममा पनि अवस्था त्यस्तै छ । उनलाई दर्शकले एक्ट्रेसको रुपमा चिनेनन् ।
ग्रेसी सिंह बलिउडमा शानदार इन्ट्री गर्ने अर्को सुन्दरीमा पर्छिन् , ग्रेसी सिंह । उनले बलिउडमा सन् १९९९ मा पाइला टेकिन तर उनलाई चिनाउने फिल्म बन्यो ‘लगान’ । यो फिल्म सन् २००१ मा रिलिज भएको थियो । इन्डियामा क्रिकेटको लोकप्रियता बढ्दै गर्दा बनेको फिल्ममा आमिर खान लिड एक्टर थिए । फिल्म इन्डियाको तर्फबाट अस्कर अवार्डको लागि मनोनयमा समेत परेको थियो । यस्तै विविध कारणले फिल्म ‘लगान’ चर्चामा थियो भने यसकी एक्ट्रेस ग्रेसी । तर , उनको करियरले भने त्यस किसिमको उचाई लिन सकेन । ग्रेसीले त्यसपछि अभिनय गरेको फिल्म हो , गंगाजल । यस्ता फिल्म पाउँदा पनि आफ्नो करियरलाई उकालो लगाउन नसकेकी ग्रेसी पछिल्लो समय सन् २०१३ मा रिलिज भएको फिल्म ‘ब्लु माउन्टेन’ मा देखिएकी थिइन् । बलिउडसँगै मराठी , बंगाली , पन्जाबी , तेलुगु भाषाका फिल्ममा समेत देखिएकी उनले अभिनयलाई ठुलो पर्दामा निरन्तरता दिन सकिनन् ।
आयशा टाकिया सन् २००४ मा रिलिज भएको फिल्म ‘टार्जन : द वन्डर कार’ मार्फत बलिउडमा इन्ट्री गरेकी एक्ट्रेस हुन् आयशा टाकिया । डेब्यु फिल्म बक्स अफिसमा हिट नभएता पनि उनलाई भने चर्चामा ल्यायो । उनको मुस्कानलाई दर्शकले रुचाए । त्यसपछि उनले धेरै फिल्ममा अभिनय गरिन् तर उनकै कारण फिल्म चलेको चर्चा भएन । पछिल्लो समय सलमान खानसँग फिल्म वान्टेडमा समेत देखिएकी आयशालाई केहि फाईदा भएन । उनलाई पछिल्लो समय सन् २०११ को फिल्म ‘मोड’ मा देखिएको थियो । आयशाले सन् २००९ मा फरहान आजमीसँग विवाह गरेपछी बलिउडलाई बिस्तारै बाई भनिन् ।










