मधुरको फिल्ममा शाहरुख

फिल्म । पछिल्लो समय बलिउडका बादशाह शाहरुख खानको समय ठिकठाक छैन । यसैले गर्दा उनले अभिनय गर्ने भनि तय गरिएको बायोपिक फिल्म छाडेर मसालेदार फिल्म ‘डन ३’ मा काम गर्ने चर्चा चल्यो । तर , निर्देशक फरहान अख्तरले फिल्म बन्ने हल्ला मात्र रहेको प्रतिक्रिया दिएपछि यो प्रोजेक्टको चर्चा रोकियो । डन बन्न रोकिए पनि शाहरुख पुलिस अफिसर भने बन्ने भएका छन् । उक्त फिल्ममा उनि पुलिस अफिसरको भूमिकामा देखिनेछन् ।

मधुर भण्डारकरको निर्देशनमा तयार हुने इन्स्पेक्टर गालिबमा उनि शाहरुख देखिदैछन् । संवत उनि इन्स्पेक्टरको भूमिकामा देखिनेछन् । शाहरुखलाई इन्स्पेक्टरको भूमिकामा देखिए पनि उनि साउथ इण्डियन फ्लेवरमा नभई कन्टेन फ्लेवरमा देखिनेछन् । उनले देशमा भईरहेको अनैतिक काम विरुद्ध आफुलाई प्रस्तुत गर्नेछन् । उनले यसगाडी पुलिस अफिसरको भूमिकामा आफुलाई प्रस्तुत गरेका छैनन् । उनले आर्मीको भूमिका निर्वाह गरेको फिल्म ‘मै हु ना’ लाइ दर्शकले रुचाएका थिए । (एज्नेसी )

कमेन्ट गर्नुहोस्