निखिल नआएपछि शिल्पाले प्रस्ट्याइन ‘भिलेन’

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘भिलेन’ युनिटले पत्रकार भेटघाटको आयोजना गरेको छ । राष्ट्रिय टोपी दिवसको शुभकामना आदान प्रदान गर्दै फिल्म युनिटले फिल्मको बारेमा जानकारी गराएका छन् । फिल्मकी एक्ट्रेस शिल्पा पोखरेलले फिल्म राम्रो बनेको र दर्शकलाई मनोरंजन दिने बताइन । ‘दुई व्यक्तिको बीचमा तगारो बनेर आउने व्यक्ति नै भिलेन हो’ शिल्पाले भनिन् ‘फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ र हामीले सकेको मेहनत गरेका छौ ।’

यसैगरी फिल्मका निर्माता तथा कलाकार कपिल खत्रीले फिल्ममा आफुले बेस्ट दिने कोसिस गरेको बताए । ‘हामीले भिलेनको क्यारेक्टरलाई जस्टिफाई गरेका छौ’ उनले भने ‘भिलेनको पनि आफ्नै कथा हुन्छ , जसलाई हामीले देखाउने कोसिस गरेका छौ ।’ एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेता पनि उनि भने कार्यक्रममा उपस्थित थिएनन् । फिल्ममा शिल्पा , कपिल र निखिलसंगै निशा अधिकारी मुख्य भूमिकामा छिन ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । फिल्म पौष २७ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्