फिल्म । पछिल्लो समय बलिउडमा भारतका प्रधानमन्त्रीको जीवनीमा आधारित रहेर तयार भइरहेको फिल्म पीएम मोदी’ को चर्चा सुरु भएको छ । शक्तिशाली प्रधानमन्त्रीको रुपमा लिइएको मोदीको जीवन यात्रालाई नजिकबाट नियाल्न दर्शक आतुर छन् । यसैले गर्दा पनि फिल्म प्रतिक्षित छ नै ।
फिल्म प्रति दर्शक माँझ कौतुहलता हुदै गर्दा फिल्मका लिड कलाकार जसले पीएम मोदीको भूमिका निर्वाह गरेका छन् , उनको फरक फरक लुक्स सार्वजनिक भएको छ । विवेक ओबरायले यसमा मोदीको भूमिका निर्वाह गरेका छन् । जरिना बहाब , मनोज जोशी लगायतको पनि अभिनय रहेको फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका छन् । फिल्म २३ भाषामा रिलिज हुनेछ ।
Vivek Anand Oberoi's different looks in the biopic #PMNarendraModi… Directed by Omung Kumar… Produced by Sandip Ssingh, Suresh Oberoi and Anand Pandit… 12 April 2019 release. pic.twitter.com/lkIMrbBhJT
— taran adarsh (@taran_adarsh) March 18, 2019










