यस्तो छ बदलाको कलेक्सन

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘बदला’ ले राम्रो प्रतिक्रिया बटुलिरहेको छ । फिल्म हेर्नेले यसको स्टोरीलाइन र सस्पेन्सलाई मन पराएका छन् । एड्प्टेड स्क्रिनप्ले भएपनि निर्देशक सुजय घोषले यसलाई न्याय गरेका छन् । फिल्म हेरिरह्दा दर्शकले कुनै मुमेन्ट मिस गर्न चाहंदैनन । सन् २०१६ मा रिलिज भएको फिल्म ‘पिंक’ देखिएको अमिताभ बच्चन र ताप्सी पन्नुको केमेष्ट्री यसमा झनै बलियो देखिएको छ । फिल्ममा अमिताभ एक वकिलको भूमिकामा देखिएका छन् भने ताप्सी सस्पेक्टको रुपमा ।

एक केशको सिलसिलामा अमिताभ र ताप्सीको भेटघाट हुन्छ , यी दुइको संवाद आगाडी बढ्दै गर्दा दर्शकले भरपुर इन्जोय गर्छन । फिल्मले समिक्षा राम्रो बटुलीरहदा बिजनेस पनि राम्रो गरिरहेको छ । फिल्मले पहिलो दिन ५ .०४ करोड र दोस्रो दिन ८ .५५ करोडको ब्यापार गर्दै दुइ दिनमा टोटल १३.५९ करोडको ब्यापार गर्न सफल भएको छ । यसले आइतवार राम्रो कलेक्सन गरेको अनुमान सहजै लगाउन सकिन्छ किनकी शुक्रबारको तुलनामा शनिवार यसको कलेक्सन निकै राम्रो छ । ‘मर्डर मिस्ट्री’ फिल्मलाई हिन्दी मिडियाम र स्त्री निर्माण गरिसकेको निर्माताको समुहले निर्माण गरेको हो ।

कमेन्ट गर्नुहोस्