‘साइँली’ को ट्रेलरमा गाउँले प्रेम (भिडियो)

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘साइँली’ गरिएको छ । चैत १५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको ३ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा एक युवक बैदेशिक रोजगारीमा जान कसरी बाध्य हुन्छ भन्ने कथा प्रस्तुत गरिएको छ । चर्चित गीत ‘सुन साइँली’ बाट सोचिएर तयार गरिएको फिल्म ट्रेलरमा पनि त्यस्तै कथा पाइन्छ ।

गीतले बैदेशिक रोजगारीमा गएका श्रीमान र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीबीचको प्रेम बुनिएको थियो । गीतको मर्म फिल्मको ट्रेलरमा भने देखिन्न । फिल्मको ट्रेलर पनि गीत झैँ गौरव पहाडी र मेनुका प्रधानको प्रेम र जीवनमा केन्द्रित छ । हेमन्त रानाको चर्चित गीत मार्फत तयार गरिएको फिल्ममा हेमन्तसँगै गौरवको लगानी रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

‘गीतमा आएको कथालाई हामीले फिल्ममा राखेका छैनौ’ निर्देशक गुरुङले भने ‘फिल्मले त्यहि भावको फरक पाटोलाइ उजागर गरेको छ ।’फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्