ताप्सी भन्छिन् ‘बदला हेर्न दिमाग चाहिन्छ’

फिल्म । सन् २०१६ मा रिलिज भएको फिल्म ‘पिंक’ लाई समिक्षकले मात्र होइन दर्शकले पनि रुचाए । फिल्ममा अमिताभ बच्चन र ताप्सी पन्नुको भूमिकालाई तारिफ गरियो । फिल्म रेपको घटनासँग सम्बन्धित थियो । उक्त फिल्ममा जबर्जस्त देखिएको अमिताभ र ताप्सीको केमेष्ट्रीलाई अब दर्शकले ‘बदला’ मा पनि हेर्न पाउने भएका छन् ।

सुजोय घोषको निर्देशनमा तयार फिल्मको ट्रेलर सार्वजनिक भैसकेको छ , जसलाई दर्शकले रुचाइरहेका छन् । थ्रिल र सस्पेन्स मन पराउने दर्शकलाई फिल्मले निराश नबनाउने तर्क ताप्सीको छ । ‘फिल्मलाई हेर्दा इन्जोय गर्नु हुनेछ’ उनले प्रमोसनको क्रममा भनिन् ‘फिल्मले सोच्न बाध्य बनाउछ ।’ फिल्ममा अमिताभ बच्चन वकिलको भूमिकामा छन् भने ताप्सी एक घटनासंग जोडिएकी हुन्छिन् ।

ताप्सी फिल्ममा एक बिजनेसम्यानको पत्नीको भूमिकामा छिन । अमिताभले छानविनको क्रममा ताप्सीलाई भेट्छन् र घटनले रोमान्चक मोड लिन्छ । सुजोयले यस अगाडी नै कहानी सिरिज मार्फत दर्शकको मन जितिसकेका छन् । यो ‘मर्डर मिस्ट्री’ फिल्म मार्च ८ मा रिलिज हुदैछ ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्