‘मिसन इम्पोसिबल’ : लगातार दुई नयाँ सिरिज

फिल्म । हलिउड अभिनेता टम क्रुज अभिनित हिट सिरिज मिसन इम्पोसिबलको फ्यानलाई खुसिको खबर रहेको छ । पछिल्लो सिरिज फलआउटको अत्याधिक सफलताले यस फ्रान्चाइजका थप दुई फिल्म आउने निर्माण कम्पनिले जनाएको छ । सन् १९९६ मा पहिलोपटक रिलिज भएको ‘मिसन इम्पोसिबल’का सातौं र आठौं श्रृखंलामा टम क्रूज नै इथेन हन्टको भूमिकामा देखिने भएका छन् । सन् २०२१ र २०२२ मा रिलिज गर्ने तयारी सहित निर्माण कम्पनि यसलाई सार्वजनिक गरेको छ । टमको फिल्महरुमा यो अत्यधिक रुचाइएको सिरिज हो ।

इथेन भूमिकामा टमलाइ हेर्ने फ्यानको लागि यो खुशीको खबर नै रहेको छ । मिसन इम्पोसिबल सिरिज स्टार्ट भएको झन्डै २३ वर्ष भईसक्दा पनि इथेनको भूमिकामा देखिएका टमको इनर्जीमा कमि देखिएको छैन । उनले फ्यान बढाउदै छन् । टमको दुई नयाँ सिरिजलाई क्रिष्टोफर म्याक्वायरले निर्देशन गर्नेछन् । उनले यस अघि रग नेशन र फलआउटलाई निर्देशन गरेका थिए । पछिल्लो सिरिज फलआउट सिरिजकै सबै भन्दा बढी कमाउने फिल्म हो । यसैले दुई नयाँ सिरिज निर्देशकको कार्यभार क्रिष्टोफरलाई दिइएको हो । यसको दुई सिरिजलाइ एकै सेड्युलमा खिचिनेछ ।

कमेन्ट गर्नुहोस्