भिलेनको ट्रेलर रिलिज (भिडियो)

फिल्म । एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनलाई मधेशी अवतारमा देखाइएको छ । पौष २७ मा रिलिज हुने फिल्ममा निखिलसँगै शिल्पा पोखरेल र निशा अधिकारी मुख्य भूमिकामा छिन । यस फिल्ममा कपिल खत्रीको पनि लिड अभिनय छ । फिल्ममा निखिलको प्रेमिकाको भूमिकामा निशा छिन् ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।

कमेन्ट गर्नुहोस्