युरोप , जापान र दक्षिण कोरिया छिटै ‘सुश्री सम्पति’

फिल्म । पछिल्लो समय नेपालसँगै नेपाली फिल्मको लागि विदेशीको प्रदर्शनी पनि राम्रो हुने गरेको छ । विदेशमा हुने शो ले नेपाली फिल्मको व्यवसायिक जोखिमलाई निकै कम गरेको छ । यसैक्रममा आउदो शुक्रबार अर्थात् मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को सार्वजनिक गीतसंगीत र ट्रेलरले पाइरहेको हाइपकै कारण फिल्म जापान , दक्षिण कोरिया र युरोपमा प्रदर्शन अधिकारी विक्री भएको छ ।

फिल्मलाई जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् । नेपाल रिलिजको केहि दिनमा युरोपको विभिन्न सहर तथा जापान र कोरियो फिल्म प्रदर्शन हुनेछ । दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइने फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्