‘कपुरी क’ लाइ सेन्सरले दियो पिजी

फिल्म । सामाजिक कथावस्तुमा निर्माण भएको फिल्म ‘कपुरी क’ सेन्सर पास भएको छ । देश तथा विदेशबाट एक्सतः प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट प्राप्त भएको छ । यसफिल्मलाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले अब आफ्नो अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन् ।

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश तिवारी , सिजल उप्रेती ,बसन्ती भाट ,चेतबहादुर सिंह राजा , सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको बिशेष भुमिका रहेको छ । फिल्मलाई निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ । यसमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्